मेलबर्न । अष्ट्रेलिया सरकारले उमेर पुगेका विदेशी अभिभावकहरुलाई ५ वर्ष अवधिको अस्थायी भिसा दिने सम्बन्धमा समुदायहरुसँग छलफल गर्ने योजना सार्वजनिक गरेको छ ।

उप अद्यागमन मन्त्री एलेक्स हवकेले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अभिभावकहरुलाई प्रदान गरिदै आएको पाँच वर्षे भिसालाई निरन्तरता दिने सम्बन्धमा समुदायका सरोकारवालाहरुसँग छलफल र परामर्शको थालनी गर्ने सरकारी योजना सार्वजनिक गरेको हो ।

‘तीन पुस्ते परिवारको पुनर्मिलन गराउँने कार्य सामाजिक रुपमा महत्वपूर्ण कुरा हो । यसै कारण हामी पाँच वर्षे अभिभावक भिसाको घोषणा गर्न आतुर छौं’,उपमन्त्रीको विज्ञप्तिमा उल्लेख छ । जेष्ठ अभिभावकहरु परिवारका श्रद्धेय व्यक्तित्व भएकोप्रति पनि अष्ट्रेलिया सरकार गम्भीर रहेको उल्लेख छ । उपमन्त्री हकले अहिलेको विद्यमान भिसा प्रणालीमा केही सुधार र परिमार्जन गर्न आवश्यक रहेको स्वीकारेका छन् । अहिलेको व्यवस्था अलि झण्झटिलो भएको स्वीकार्दै उनले भनेका छन्–’यो अवस्थाले कुनै कुनै केसमा भिसा पाउँन ३० वर्षसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ । यसमा सुधर हुनुपर्छ ।’

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia.Just Click Here

twgg-advertiseअहिले अष्ट्रेलियामा दुई थरिका अभिभावक भिसा दिइदै आएको छ । नन कन्ट्रिव्यूटर भिसाको प्रक्रियाका लागि १८ वर्षदेखि ३० वर्षसम्म लाग्नसक्ने झण्झटिलो व्यवस्था छ । यसका लागि समेत ७ हजार डलर शुल्क लाग्छ । अर्को कन्ट्रीव्यूटर भिसा दुई वर्षमै प्रक्रिया टुङ्गिने भएकोले केही सहज भए पनि यो थेग्नै नसक्ने गरि महँगो छ । यो भिसाका लागि ५० हजार डलर शुल्क पर्ने भएकोले सर्वसाधारणहरुको पहुँचभन्दा निकै पर छ ।

‘यही कानूनी जटिलतालाई मध्यनजर गर्दै यसलाई कसरी व्यवस्थित र सरलीकरण गर्न सकिन्छ ? भन्ने बारेमा टर्नबुल सरकार समुदायका नेतृत्वहरुबाट राय र सुझावको अपेक्षा राख्दछ,’विज्ञप्तिमा उल्लेख छ ।

प्रडक्टिभिटी कमिसनले हालै एक प्रतिवेदन बुझाएपछि सरकारले शुक्रवार यस्तो घोषणा गरेको हो । उक्त प्रतिवेदनमा अभिभावक भिसाको प्रक्रिया सरल र शुल्क कम गर्नुपर्ने सुझाव समेटिएको थियो ।

vsa

Comments

comments