काठमाडौं । गरिब घरपरिवार सहयोग समन्वय बोर्डले असोज मसान्तसम्म २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै छ ।

बोर्डले २५ जिल्लाका १२ लाख ४० हजार तीन सय ५० गरिब घरपरिवारको प्रारम्भिक पहिचान गरेको छ । अहिले गुनासो लिइरहेको बोर्डसँग सात हजार घरपरिवारले गरिबीको सूचीमा पर्न माग गरेका छन् । तर, दुई सय ८३ घरपरिवारले गरिबबाट हटाउन आग्रह गरेका छन् ।

विभिन्न दातृ निकाय र अर्थ मन्त्रालयबीच सम्झौता भएर गरिबलक्षित १५ अर्बका कार्यक्रम सञ्चालित छन् । जसअन्तर्गत सामाजिक शीर्षकमा एक अर्ब ८३ करोड, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत ६३ करोड, स्थानीय विकास मन्त्रालयअन्तर्गत १२ अर्ब ४९ करोड रुपैयाँ खर्च भइरहेको छ । त्यस्तै, ३६ अर्ब रुपैयाँ सीधै गरिबी निवारणका नाममा राज्यले खर्च गरिरहेको छ । विश्व बैंकको उन्नति कार्यक्रमअन्तर्गत पाँच अर्ब ७ करोड, गरिबी निवारण कोषमामार्फत् ३ अर्ब ५५ करोड, गरिबी तथा सहकारी मन्त्रालयमार्फत २ अर्ब, विभिन्न आइएनजिओमार्फत १९ अर्ब ५७ करोड, युवा स्वरोजगार कोषमार्फत ३ अर्ब ४६ करोड र जनता आवास कार्यक्रमअन्तर्गत १ अर्ब ७२ करोड रुपैयाँ खर्च हुँदै छ ।

नेपाल जीवनस्तर सर्वेक्षण सन् २०११ ले प्रतिदिन २२२० क्यालोरी खान नपाउने, वर्षमा प्रतिव्यक्ति १९ हजार दुई सय ६१ खर्च गर्न नसक्नेलाई गरिब मानेको छ । नेपालका डोनर एजेन्सीले ‘प्रतिदिन एक डलर २५ सेन्ट अमेरिकी डलर अर्थात् करिब ११० रुपैयाँ आम्दानी नगर्ने अथवा वर्षमा ४०,१५० रुपैयाँ आम्दानी नगर्ने व्यक्ति गरिब हो’ भनेका छन् । संयुक्त राष्ट्रसंघले शिक्षा, स्वास्थ्य, जीवनस्तरलगायतका विभिन्न परिसूचकका आधारमा गरिबीको दर व्याख्या गर्ने गर्छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia.Just Click Here.

twgg-advertiseकुन जिल्लामा कति गरिब ?

ताप्लेजुङ ३४०६६, पाँचथर २१७२४, इलाम २१००५, झापा ८५७३६, मोरङ १५८२६१, सुनसरी ८९८८८, धनकुटा २५६७७, तेह्रथुम १४६७७, संखुवासभा ३३१४६, भोजपुर ४४२६८, सोलुखुम्बु २६९६४, ओखलढुंगा ३००१७, खोटाङ ५१३१५, उदयपुर ८१६१८, सप्तरी २५१५७९, सिरहा २१९३३९, धनुषा १७४०७१, महोत्तरी १००५४४, सर्लाही १३५२६८, सिन्धुली ११२३०३, रामेछाप ५१४६७, दोलखा ४८०६४, सिन्धुपाल्चोक ७२६१३, काभ्रेपलाञ्चोक ५२०१८, ललितपुर ३४५५४, भक्तपुर ३६९९९, काठमाडौं १२८९७३, नुवाकोट ५५८९५, रसुवा १३३२४, धादिङ ६२६२१, मकवानपुर ११५४७३, रौतहट २२७०००, बारा २०३४८४, पर्सा १७२५९९, चितवन ५०४९४, गोरखा ५४८७५, लमजुङ २७८९५, तनहँु ४७५३५, स्याङ्जा ३३९०९, कास्की १९३३०, मनाङ २१ ।

Comments

comments