निकै लामो समय नेपाली चलचित्रमा नदेखिएकी नायिका झरना बज्राचार्यको पछिल्लो चलचित्र “सेफ ल्यान्डिङ” को प्रिमियर अष्ट्रेलियामा हुने भएको छ | प्रिमियर सो कै लागि नायिका बज्राचार्य सिड्नी ल्याण्ड गरिसकेकी छिन् | प्रिमियरका लागि नायिका बज्राचार्य अत्याधुनिक हमर चढेर आउने भएकी छिन् |

615a69a5935aeaf62715bba5b463f0ae674b817f8030bd57cf81fa66a4f64ccd

एक दिन र एक रातको कथामा बनेको फिल्म ‘सेफ ल्यान्डिङ’ को  अगस्ट ९  र १० मा अस्ट्रेलियामा प्रिमियर हुने भएको छ । ड्रग माफियाहरुको कथामा आधारित यस फिल्मको प्रिमियरको लागि नेपाल बाट फिल्मकी मुख्य पात्र झरना बज्राचार्य सहितको समुह   अस्ट्रेलिया आइपुगेका छन् | फिल्मको प्रिमियर सिड्नीमा र  त्यस पश्चात अस्ट्रेलियाको अन्य शहरमा पनि सार्वजनिक सो गरिने  जनाइएको छ । अष्ट्रेलियन एनआरएन बसन्त भण्डारी संगै मलेसियन नागरिक राहुल अग्रवालको पनि लगानी रहेको यस फिल्मलाई मलेसियन नागरिक सन्दिप जोसेपले निर्देशन गरेका हुन् । यसमा झरना संगै निरज बराल, सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको छ । यस फिल्ममा राजन इशानको संगीत, जोन ज्याकोभको छायाँकन तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । नो वरिज फिल्म्सको व्यानरमा निर्माण गरिएको यो फिल्मको कथा निर्देशक जोसेप र शान बस्न्यातले तयार पारेका हुन् ।

फिल्ममा झन्डै  ९०%  रातका दृश्य समेटिएको ले  यसको इडीटिङ बलिवुड फिल्म  इडिटर मेघना अश्चितले गरेका थिए । फिल्मको दृश्य सम्पादनमा  दिर्घ खड्कालेउल्लेख्य भूमिका रहेको निर्माण पक्षले जनाएको छ |  सेफ ल्यान्डिङको नेपाल सो भने २०७१ मङ्सिर सम्म हुन सक्ने निर्माता भण्डारीले जनाएका छन् |

Comments

comments