एजेन्सी । हलिउडको सबैभन्दा प्रतिष्ठित जोडी एन्जेलिना जोली र ब्राड पिटको सम्बन्ध टुगिंएको छ ।

एन्जेलिना जोलीले पति ब्राड पिटसँग डिर्भोस पाउँ भन्दै अदालतमा फाइल दर्ता गरेपछि यो जोडीको सम्बन्ध टुंगिएको हो । उनले कुरा नमिलेका कारण डिभोर्स गर्न लागेको उल्लेख गरेकी छिन् ।

कोर्टमा पेश गरिएको डकुमेन्टका अनुसार उनीहरु सेम्टेम्बर १५ बाट अलग बस्दै आइरहेका छन् । उनीहरुको विवाह सन् २०१४ को अगस्टमा भएको थियो ।

जोलीले बच्चाहरुलाई आफुसँग राख्न खोजेकी छिन् । उनीहरुका ६ वटा बच्चाहरु रहेका छन् । उनीहरुले तीनजना बच्चा भने एडोप गरेका हुन् ।

उनले आफुसँग रहेका गरगहना तथा व्यक्तिगत सम्पत्ति आफैसँग राख्न अदालतमा पेश गरेको कागजपत्रमा उल्लेख छ । छुट्टिएपछि कमाइ गरेको सम्पत्तिमा पनि कसैले दाबी नगर्ने उनले डिभोर्सका लागि पेश गरिएको कागपत्रमा उल्लेख गरेकी छिन् ।

Please follow and like us:

Comments