काठमाडौं । जोहरा स्पोट्स म्यानेजमेन्टको आयोजनामा एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगीता हुने भएको छ ।

खेल टि–ट्वान्टी फर्म्याटमा आगामी असोज ८ देखि १७ गतेसम्म काठमाण्डौंमा हुनेछ । ६ व्यबसायिक टिमको सहभागीतामा राउन रोविन लिगका आधारमा खेलाइने छ र प्रत्येक टोलीको कप्तानी नेपाली राष्ट्रिय टोलीका खेलाडीले गर्ने छन् ।

प्रतियोगितामा पारस खड्काको कप्तानीमा विशाल ग्रुप, शरद भेषवाकरको कप्तानीमा तेज, ज्ञानेन्द्र मल्लको कप्तानीमा कलर्स एक्स फ्याक्टर, बसन्त रेग्मीको कप्तानमा कान्तिपुर गोर्खाज, शक्ति गौचनको कप्तानीमा जगदम्बा राइनोज र विनोद भण्डारीको कप्तानीमा सगरमाथा लेजेन्ड टिम रहेका छन् । हरेक टिमका कप्तानले प्रत्येक खेलको २० हजार पाउने जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा जोहरा स्पोट्स म्यानेजमेन्टले यस लिगको लागि खेलाडीको पारिश्रमिकका लागि मात्र ५० लाख छुट्याइएको जानकारी दिएका छन् ।

असोजको दोस्रो साताबाट काठमाडौंमा सुरू हुने एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको दौरानमा भारतीय पूर्व क्रिकेट कप्तान अजय जडेजा नेपाल आउने छन् । आयोजक जोहरा स्पोट्स म्यानेजमेन्टले मंगलबार पत्रकार सम्मेलन गर्दै भारतका पुर्व क्रिकेट खेलाडी जडेजा प्रतियोगिताको फाइनलको प्रमुख अतिथीका रूपमा नेपाल आउने जानकारी दिएको हो । ४५ वर्षीय जडेजाले सन १९९२ बाट २००० सम्म

भारतीय राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले राष्ट्रिय टिमबाट १५ टेस्ट र १ सय ९६ एकदिवसीय खेलेका थिए ।

Please follow and like us:

Comments