काठमाडौं । मंगलवार बिहान काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा बम विष्फोट गराउने तीन जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयले बिहान पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा शंकर लाखे, चन्द्रवहादुर तामाङ र होमबहादुर खत्री रहेका छन् । राजधानीका दुई विद्यालयमा वम बिष्फोट गराएको अभियोगमा उनीहरुलाई मंगलवार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरि सार्वजनिक गरिएको हो । एआइजी प्रतापसिंह थापाले विद्यालयमा आतंक सिर्जना गरेर पैसा असुल्न खोज्ने समूहले बम विष्फोट गराएको बताउँदै चन्दा आतंककै लागि अराजक गतिविधी गरिएको जानकारी दिनुभयो ।

घटनालगत्तै प्रहरीले काठमाडौं उपत्यकाका छिर्ने नाका र मानिसहरुको बढी भिडभाड हुने स्थानहरुमा सुरक्षा निगरानी बढाएको छ ।

प्रहरीहरु विशेष तालिमप्राप्त कुकुरसहित परिचालित छन् । उनीहरुले सार्बजनिक सवारी साधन तथा शंकास्पद स्थानमा कुकुरसहित खोजी अभियानलाई जारी राखेका छन् । काठमाडौं छिर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुरसहित उपत्यका छिर्ने र बाहिरीने सवारी साधनहरुमा जाँच भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच नयाँबसपार्क क्षेत्रका होटलहरुमा पनि प्रहरीले छापा मारेको छ । थानकोट, नयाँ बसपार्क, बालाजु, फर्पिङ लगायतका क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यस्तै अपराध महाशाखा, काठमाडौं परिसर र वृत्तहरुबाट पनि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।

Comments

comments