मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सेप्टेम्वर २५ अर्थात आउँदो आइतवार हुन लागेको दशैं साँझको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रमलाई भव्य बनाउँने योजनाका साथ तयारी गरिएको आयोजक नमस्ते इभेन्टस्ले जनाएको छ ।

इष्टोनियन हाउसमा हुने दशैं साँझमा नेपालका युवा पुस्ताकी चर्चित गायिका ईन्दिरा जोशी र हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलको प्रस्तुति मूख्य आकर्षण रहनेछ । दशैं साँझ २०१६ मेलबर्नका साथै अष्ट्रेलियाका विभिन्न राज्यहरुमा समेत हुनेछ ।

दशैं साँझ कार्यक्रमलाई टीडब्लुजीजीले प्रायोजन गर्दैछ । यो कार्यक्रममा थुप्रै स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ ।

twgg-advertise

 

Comments

comments