मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् ।

काठमाडौंको कोटेश्वर घर भएका रमेश श्रेष्ठले शनिवार आत्महत्या गरेका हुन् । उनी विगत सात वर्षदेखि मेलबर्नमा बसोबास गर्दै आएका थिए । शनिवार विहान ११ बजेतिर उनी व्याटम्यानस्थित घरबाट साथीको गाडी लिएर निस्किएका थिए । उनले काम गर्ने ठाउँ ग्रिन्सबरु नजिकै हाईवेमा तिव्रगतिमा रहेको कारले ठक्कर दिदा उनको मृत्यु भएको थियो । गाडीलाई नजिकैको पेट्रोल पम्पमा रोकेर उनी पैदलै हाईवेमा निस्किएका थिए । भिक्टोरिया प्रहरीले यस घटनालाई आत्महत्या भनेको छ । तर उनका साथीभाइहरुले भने आत्महत्या नभई दुर्घट्ना भएको दाबी गरेका छन् ।

यसैबीच मृतक श्रेष्ठको शवलाई नेपालस्थित उनको आफन्तजनको जिम्मा लगाउने तयारी भएको छ । यस घटनामा भिक्टोरियाका लागि भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय, नेपाली दूतावास क्यानबेरा, न्याभ र एनआरएन भिक्टोरियाले समन्वय गरिरहेको छ ।

कनर्स कोर्टले बडी रिलिज गरेपछि शव नेपाल पठाइनेछ । नेपालमा शव पठाउनका लागि ईन्स्योरेन्सले नै कभर गर्ने भएकोले कुनै समस्या नरहेको बताइएको छ । आवश्यक परे महावाणिज्यदूतको कार्यालय, एनआरएन र न्याभले पनि सहयोग गर्ने बताएका छन् ।

Comments

comments