काठमाडौं । काठमाडौं उपत्यकाका ४ स्कूल अगाडि बम भेटिएको छ ।

काठमाडौंका ३ र ललितपुरको एक वटा स्कुलमा मंगलवार एका विहानै बम भेटिएको हो ।

डल्लुको कन्चनजञ्गा इन्टिग्रेटेड मोर्डन स्कूलमा र दक्षिणढोकाको मनकामना बोर्डिङ स्कूल, बालसञ्चार बोर्डिङ र आकाशदीप बोर्डिङ स्कूलमा पनि एकाबिहानै शंकास्पद वस्तु भेटिएको एसपी प्रद्युम्न कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकुर बम भेटिएको छ।

शंकास्पद वस्तु भेटिएको स्थानमा योंङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ ।

मनाकामना र आकाशदीप बोर्डिङमा बम पड्किएको छ । बिस्फोटका कारण आकाशदीपको पर्खाल र गेटमा क्षति पुगेको छ । यस्तै मनकामना बोर्डिङ स्कूलमा कुनै क्षति नभएको स्कूलका व्यवस्थापक जनरञ्जन देवकोटाले जानकारी दिनुभयो ।

Comments

comments