काठमााडैं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय वैठक बोलाएका छन् ।

मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन गर्ने गृहकार्य थालिसकेका प्रधानमन्त्री दाहालले दलीय सहमति खोज्न सर्वदलीय बैठकको आह्वान गरेका हुन् । दिउँसो २ प्रधानमन्त्री निवाश बालुवाटारमा डाकिएको बैठकमा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको उपस्थिती रहने छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकार गठनताका सत्तारुढ दल कमाओवादी केन्द्र र नेपाली कांग्रेसले आन्दोलनरत मधेसी मोर्चा सहितको गठबन्धनसँग दलीय सहमति कायम गरेर संविधानमा संसोधन कायम गर्ने सहमति गरेपनि हालसम्म संशोधन प्रक्र्रिया अघि बढ्न सककेको छैन ।

सत्तारुढ दल र मधेसवादी दलको यो तयारीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित राप्रपा नेपाल लगायतका प्रतिपक्षी दलहरुले औचित्यहीन रहेको भन्दै विरोध जनाइरहेका बेला डाकिएको कवैठकलाई निकै चासोपूर्ण रुपमा हेरिएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको विषयमा पनि ब्रिफिङ गर्नुहुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Comments