मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायमा समर्पित दुई जना नेपाली युवालाई सामुदायिक दूतमा मनोनित गरेको छ ।

क्रिकेट अष्ट्रेलियाले नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभका उपाध्यक्ष तथा खेलकुद विभागका संयोजक तारा गैरे र भिक्टोरियाका नेपाली क्रिकेट स्टार सुनाम गौतमलाई कम्यूनिटी एम्वेस्डर अर्थात सामुदायिक दूतका रुपमा मनोनयन गरेको हो ।

अष्ट्रेलियन क्रिकेट र समुदायका प्रतिनिधिहरुबीच संयोजनकारी भूमिका खेल्ने अपेक्षाका साथ अष्ट्रेलियन क्रिकेट वोर्डले सामुदायिक दूतको अवधारणा विकास गरेको हो । त्यसैले तारा र सुनामले नेपाली समुदायको खेल क्षेत्र र यहाँका विभिन्न संघ संस्थाहरुसँग अष्ट्रेलियन क्रिकेटबीच साझेदारी र समन्वयका लागि कार्य गर्नेछन् ।

समुदाय दूतको नियुक्तिपछि यहाँका नेपाली समुदायका क्रिकेट लगायतका खेल क्षेत्रलाई अष्ट्रेलियाको मूलधारको खेल क्षेत्रसँग समन्वय हुने महत्वपूर्ण अवसर खुलेको भन्दै न्याभ लगायतका संघ संस्थाहरुले प्रसन्नता व्यक्त गरेको छ । साथै सुनाम र ताराको कार्यकाल नेपाली समुदायको खेल क्षेत्रका लागि स्मरणीय रहने विश्वास समेत गरिएको छ ।

न्याभले विगत १२ वर्षदेखि नेपाली कम्युनिटी केन्द्रीत न्याभ कपको आयोजना गर्दै आएको छ । यस वर्षदेखि भने न्याभले मल्टीकल्चरल क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने योजना बनाएको छ । यसबाट नेपाली क्रिकेट खेलाडीहरुको खेल क्षमतामा अझ वृद्धि हुने न्याभको आशा छ ।

Comments

comments