काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका जाने कार्यक्रम पहिले नै तय भएपनि देशको विविध राजनीतिक समस्या समाधान गर्नुपर्ने भएका कारण भ्रमण स्थगित भएको दाहालका निकटस्थ स्रोतले जनाएको छ । स्थानीय निकायको निर्वाचन, मधेशको समस्या र संविधान कार्यन्वयन लगायतका समस्याहरू असरल्ल भएका बेला भ्रमण स्थगित गर्ने निर्णय भएको बताइएको छ ।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत भने भारतबाटै न्यूयार्क प्रस्थान गरिसकेका छन् ।
साथै प्रधानमन्त्री दाहालको उच्चस्तरिय चाइना भ्रमणको तयारी लगायतका कामहरूले भ्रमण स्थगित गर्नु परेको सचिवालयको भनाई छ ।

प्रधानमन्त्री दाहालले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो ।

Please follow and like us:

Comments