मेलबर्न । नेप्लीज युथ फोरम अष्ट्रेलिया नाइफाको अध्यक्षमा सागर अधिकारी चुनिएका छन् ।

हालै सिड्नीमा सम्पन्न पहिलो साधारणसभाले अधिकारकिो नेतृत्वमान नयाँ कार्यसमितिको चयन गरेको हो । उपाध्यक्षमा मुक्तिराम पोखरेल, अरुण गौतम, सचिवमा दामोदर रावल, कोषाध्यक्षस् अर्जुन अखेली क्षेत्री चुनिएका छन् । अष्ट्रेलियामा रहेको नेपाली समूदायलाई एकताबद्ध बनाउँदै युवाहरुलाई विभिन्न सामाजिक, सामूदायिक कार्यहरुमाअ ग्रसर गर्ने उद्देयले संस्थाको स्थापना भएको हो । सोही अवसरमा संस्थाको आगामी दिनका लागि योजना पनि निर्माण गरेको जनाएको छ ।

संस्थाले खेलकुद, गीत संगीत र अन्य विविध गतिविधिको माध्यमबाट युवाहरुलाई प्रोत्साहन गर्ने योजना बनाएको बताइएको छ ।

५ सदस्य पछि थप हुने गरी चयन गरिएको कार्यसमितिका सदस्यहरुमा दिवाकर काफ्ले, महेश्वर शर्मा, समिर आचार्य, सुवास लामिछाने, प्रवेश अधिकारी,झलक गुरुङ, श्रृजना खड्का, नम्रता शर्मा, निर्मल ढुँगेल, युवराज अधिकारी, ललित रोका रहेका छन् ।

Comments

comments