काठमाडौं । अभिनेत्री तथा आरजेका रुपमा स्थापित कृति भट्टराईले नयाँ व्यवसाय शुरु गरेकी छिन् । स्व–उद्यमशीलतालाई प्रवद्र्धन गर्न उनले आफ्नो लगानीमा एक्सप्रेसो अग्र्यानिक क्याफेको आउटलेट शुरु गरेकी हुन् ।

काठमाडौंको नयाँ वानेश्वर थापागाउँमा अवस्थित उक्त क्याफेको शनिवार एक समारोहकाबीच शुभारम्भ उद्घाट्न गरियो । चल्तीकी लोकप्रिय नायिका तथा कृतिकी समकालीन सहकर्मी रेखा थापाले रिबन काटेर शुभारम्भ गरिएको क्याफे उद्घाटनका अवसरमा कृतिलाई बधाई तथा शुभ कामना दिन उल्लेख्य संख्यामा कलाकार तथा पत्रकारहरु पुगेका थिए ।

‘अहिलेसम्म जागीरे जीवनमै व्यस्त भइयो । अब आफैं केही गर्ने योजना बुन्दै गर्दा क्याफेमा मन गयो’,कृतिले बताईन् ।

expressoएक्सप्रेसो अग्र्यानिक क्याफेमा नेपाली किसानले उत्पादन गरेका विशुद्ध अग्र्यानिक कफी लगायत फष्टफुडका विभिन्न परिकारहरु समेत उपलब्ध रहेका छन् ।

यसअघि अर्की सुन्दर नायिका नम्रता श्रेष्ठले पनि लाजिम्पाटमा आफ्नै रेष्टुराँ सञ्चालन गरेकी थिइन् ।

Comments