दोलखा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँनुभएको छ ।

चरिकोटमा आयोजित पार्टीको भातृ संगठनको कार्यक्रममा सचिव भट्टराईले अख्तियारले पूर्वलडाकुलाई दिएको बजेट हिनामिना आरोप लागेको विषयमा छानवीन सुरु गरेको बताउँदै प्रधानमन्त्री दाहालले छानवीनलाई सहयोग गर्नका लागि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँनुभयो ।

उहाँले लडाकुका नाममा पार्टीका प्रमुख व्यक्तिका रुपमा प्रचण्डले पैसा लिएको र सोही पैसा एमालेका विरुद्ध खर्च गरेको आरोप पनि लगाउँनुभयो ।

Please follow and like us:

Comments