काठमाडौं । सोझी नायिकाको रुपमा परिचित केकी अधिकारी एकजना डाक्टरको प्रेममा लीन रहेको खुलासा भएको छ ।

केकीलाई वीर अस्पतालका डाक्टर विक्रान्त मेहतासँग रोमान्स गर्दैगरेको अवस्थामा फेला पारेपछि उनीहरुबीचको प्रेमको पर्दा उठेको हो । तर केकी र ती डाक्टरबीचको प्रेम एउटा म्यूजिक भिडियोका लागि मात्र सीमित थियो ।

वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत चिकित्सक विक्रान्त मेहताले गायिका अञ्जु पन्तसंग गाएको गीतको म्यूजिक भिडियोमा केकी अधिकारीसँग आफैंले अभिनय गरेका हुन् । ‘फूलको सुवास…’ बोलको उक्त गीत भर्खरै सार्वजनिक भएको छ ।

बाल्यकालदेखि नै संगीतमा रुची राख्ने डा.मेहता करिव तीन वर्षदेखि सांगीतिक क्षेत्रमा पनि सक्रिय छन्। । हालसम्म पाँच गीत रेकर्ड गराइसकेका डा.मेहता केही समयपछि नै एकल एल्बम लिएर श्रोतामाझ आउने तयारीमा छन् । केही फिल्ममा पाश्र्व गायन समेत गरिसकेका डा.मेहतालाई फिल्मका संगीतकारहरुले समेत रुचाएका छन् ।

Please follow and like us:

Comments