काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाएका छन् ।

गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पनि चासो नलिएको बताए ।

संविधान संशोधन हुन नसकेको विषयलाई लिएर गठबन्धनमा असन्तसष्टि समेत बढ्न थालेको देखिएको छ ।

Comments