काठमाडौं । गायक सुगम पोखरेलकी १० वर्षीया छोरी एञ्जेलिजा बुवाकै बाटोमा अघि बढेकी छिन् ।

यसैसाता एञ्जेलिजाले बुवाकै शब्द तथा संगीतको ‘मलाई उड्न देऊ…’ शीर्षकको गीत रेकर्ड गराइएकी छिन् । छोरीलाई अध्ययनसहित हरेक कुरामा स्वतन्त्रता दिनुपर्छ भन्ने सन्देश बोकेको यो गीत सुगमले केही वर्षअघि नै छोरीकै लागि भनेर कम्पोज गरेका थिए ।

एञ्जेलिजा अहिले गायक तथा संगीतकार सनुप पौडेलसँग सांगीतिक शिक्षा लिदैछिन् । एञ्जेलिजाले सोही दिन गायक कमल के क्षेत्रीको दसैं–तिहार गीतमा पनि स्वर प्रदान गरिन् ।

Please follow and like us:

Comments