मेलबर्न । धेरै नेपाली युवाहरु जस्तै उच्च शिक्षा अध्ययनको सपना बुनेर अष्ट्रेलियाको सिड्नी आएका ३० बर्षीय प्रदीप खड्कीको सपनामा कुहिरो लागेको छ ।

अध्ययनमा समय दिनुपर्ने बेला यतिबेला उनी क्यान्सरजस्तो जटिल रोगसँग जुधिरहेका छन् । त्यसैले आफ्ना सबै रंगीन सपनाहरुलाई थाती राखेर उनी अहिले आफूलाई लागेको रोग कसरी निको पार्ने भन्ने चिन्तामा छन् । हाल ४५७ भिसामा रहेका उनलाई क्यान्सरको हडकिन्स लिम्फोमा स्टेज टु बी भएको छ ।

चिकित्सकका अनुसार क्यान्सरको यो स्टेज खतरापूर्ण हो । समयमै उपचार नगराए यसले थप जोखिम निम्त्याउँछ ।

श्रीमतसँगै अष्ट्रेलिया बस्दै आएका खड्कीले आफ काम गर्ने अवस्थामा नरहेको र श्रीमतीले पनि हप्ताको दुई दिनमात्रै काम गर्नेहुँदा उपचारका लागि खर्च जुटाउन निकै समस्या भएको गुनासो गरेका छन् ।

सामान्य रुघाखोकी लागेर अस्पताल पुगेका उनलाई क्यान्सर लागेको अस्पताल पुगेको ६ दिनपछि मात्रै थाहा भएको थियो ।

क्यान्सरसँग जुधिरहेका प्रदीपले सहयोगी मनहरुसँग आफ्नो उपचारमा सकेको सहयोगका लागि अपिल गरेका छन् । उनको उपचारका लागि सहयोग गर्न चाहनेहरुले निम्न बैंक खातामा रकम जम्मा गरि सहयोग गर्न सक्ने बताइएको छ ।

Account Name : Pradeep Khadka
BSB: 062-319
Account No : 1059-2357
swift code : CTBAAU2S

Comments