दिल्ली । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि करिब ८० अर्ब रुपैयाँ सहुलित ऋण दिने घोषणा गरेको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा शुक्रवार दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई सहुलियतपूर्ण ऋण दिने बताएका हुन् । सो सम्झौताका बारेमा दुई देशका प्रतिनीधिबीच शुक्रवार नै हस्ताक्षर समेत सम्पन्न भएको छ ।

सम्झौतामा भूकम्पपछिको पूनर्निर्माणका लागि भारतले नेपाललाई ८० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने विषय उल्लेख छ । त्यसका साथै अन्य दुई सम्झौता समेत गरिएको छ जसमा हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सल्ट्यान्सी सर्भिस लगायतका विषय छन् ।

Comments

comments