मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको खेल क्षेत्रमा समर्पित द हिमालयन क्लब र कँडेल कन्सल्टेन्सी एडुकेशन एण्ड माइग्रेसनबीचको प्रायोजन सम्झौताले यो वर्ष पनि निरन्तरता पाएको छ ।

द हिमालयन क्लबको प्लाटिनियम स्पोन्सर रहेको कँडेलले आर्थिक वर्ष २०१६–१७ को सिजनका लागि पनि आर्थिक प्रायोजन गर्ने भएको हो । अष्ट्रेलियामा नेपाली समुदाय लक्षित विभिन्न कार्यक्रम तथा गतिविधिहरुका लागि कँडेल कन्सल्टेन्सी ठूलो सहयोगीका रुपमा रहँदै आएको छ । कँडेलको यस्तो सहयोगी भावनाले क्लबका खेलाडीहरुलाई उत्प्रेरणा मिल्नुका साथै नेपाली समुदायले अपनत्व महसूस गर्न पाएको द हिमालयन क्लबले उल्लेख गरेको छ ।

कँडेल कन्सल्टेन्सी इडुकेशन एण्ड माईग्रेसनले क्लबका खेलाडीहरुको शैक्षिक तथा भिसा सम्बन्धी आवश्यक परामर्श समेत उपलब्ध गराउँने भएको छ ।

कँडेल कन्सल्टेन्सी एडुकेशन एण्ड माईग्रेसन अष्ट्रेलियामा शैक्षिक तथा भिसा सम्बन्धी गुणस्तरीय परामर्श सेवा प्रदान गर्ने अग्रणी कम्पनीका रुपमा रहेको छ ।

Please follow and like us:

Comments