काठमाडौं । नेकपा(एमाले) फुटको संघारमा पुगेको खुलासा भएको छ । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको अत्याचारबाट आजित भएका नेताहरुले सार्वजनिक मञ्च पाउने बित्तिकै त्यसको खुालासा गर्ने गरेका छन् । ओलीले पार्टीलाई प्राइभेट कम्पनीको रुपमा चलाएको र आफूखुसी निर्णय गर्दै आएको भन्दै वरिष्ठ नेता समेत रहेका झलनाथ खनालले एक सार्वजनिक समारोहमार्फत ओलीको अत्याचार जारी रहे पार्टी फुट्नेसम्मको चेतावनी दिनुभएको छ ।

ओलीले पार्टीलाई संस्थागत भन्दा पनि कोटरीको आधारमा चलाएको, गुटलाई संरक्षण गरेको, उचित जिम्मेवारी नदिएको तथा अराजकता मच्चाएको, पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा काम नगरेको तथा गठबन्धन जोगाउन कुनै पहल नगरको भन्दै खनालले आलोचना गर्नुभएको थियो ।

नेता खनालले पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको, नेता तथा कार्यकर्ताको संरक्षण नगरेको, गुटमा नलाग्ने नेता तथा कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीभित्र कमाउ धन्दा बढेको तथा जनतालाई हवाई सपना बेचेर ओलीले जनतालाई थाङ्नामा सुताएको भन्दै आपत्ति जनाएका छन् । ओलीको अराजकतालाई ठेगान लगाउन कार्यकर्ता उठ्नुपर्ने होइन भने पार्टी फुटाउन नै तयार हुनुपर्नेसम्मको अभिव्यक्ति खनालले दिन थाल्नुभएको छ ।

ओलीको कार्यशैलीप्रति अर्का नेता माधव नेपाल समेत असन्तुष्ट हुनुहुन्छ । नेपालले त ओलीविरुद्व मोर्चाबन्दी नै सुरु गर्नुभएको छ । ओलीको ज्यादतीलाई नियन्त्रण गर्न पनि मोर्चाबन्दी जरुरी रहेको उहाँको ठहर छ ।

Comments

comments