एसियन कराते फेडरेसनले मलेसियामा आयोजना गरेको एसियन रेफ्री परीक्षामा ११ जना नेपाली खेलाडि उत्तिर्ण भएका छन ।

अगष्ट ४ देखि ७ सम्म भएको परीक्षामा नेपालका तर्फवाट १९ जना सहभागी भएकोमा ११ जना उत्तिर्ण भएका हुन । रेफ्रीको परीक्षामा उत्तिर्ण हुनेहरुमा प्रकाश मोहन धौडेल, विशन मोत, धुव्र विक्रम मल्ल, बीआर मित्र, श्याम शेर्पा, गोपाल महर्जन, विशन सिंह खड्का, श्याम सुनुवार, योगेन्द्र कोइराला, वालकृष्ण रावल र रेसम लामा रहेका छन ।

उत्तिर्ण रेफ्रीहरुले एसियन लेवलको रेफ्रीको लाईसेन्स प्राप्त गरेका छन । अव उनीहरुले एसियामा हुने कराते खेलमा रेफ्रीको भूमिका निभाउन पाउने छन ।

Comments

comments