मेलबर्न । नेपालका पत्रकार भोजराज भाटद्धारा निर्देशित वृत्तचित्र सुनकली अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शन गरिने भएको छ ।

सुनकलीको पहिलो प्रदर्शा भने सिड्नीमा हुनेछ । सिड्नीमा हुने सुनकलीको ओपन–शो यही सेप्टेम्बर १८ आइतबार लिडकमको बाइट पार्कमा हुनेछ ।

करिब ५० मिनेट लामो बृत्तचित्रमा मुगु जिल्लामा फुटबल खेल खेल्न सुनकली लगायतका किशोरीहरुले गरेको संघर्षको कथा समेटिएको छ ।

बृत्तचित्र प्रदर्शनबाट संकलित रकम मुगु जिल्लामा खेलकुद र शिक्षाको क्षेत्रमा पूर्वाधार निमार्ण गर्न खर्च गरिने बताइएको छ ।

सुनकली बृत्तचित्र सिड्नी बाहेक डार्विन, पर्थ, मेलवर्न र ब्रिसवेनमा समेत प्रदर्शन गरिने भएको छ ।

सुनकलीको अफिसियल ट्रेलर :

Comments

comments