सुनसरी । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपालका खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिन परिषद तयार रहेको बताउनुभएको छ ।

उहाँले खेलाडीहरुलाई स्वास्थ्य, आवास र पेन्सनको सुविधा उपलब्ध गराउने विषयमा तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि दिनुभयो ।

सुनसरीको इटहरीमा बुधबारबाट शुरु भएको स्वर्गीय सुनिलकुमार अग्रवाल स्मृति आमन्त्रित अन्तर्राष्ट्रिय सितेरियो कराते प्रतियोगिताको उद्घाटन गर्दै देशको प्रतिष्ठाको लागि खेलाडीले पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

उहाँले खेलाडीहरुको सम्मानमा खेलकुद परिषद र खेलकुद मन्त्रालयको पहलमा स्वास्थ्य विमा, आवास, उपचार लगायत आर्थिक रुपमा समेत सक्षम बनाउन पेन्सनको पनि व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

Comments

comments