सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष शेष घलेसँग अष्ट्रेलियाका नेपाली समुदायले अन्तक्र्रिया गरेका छन् ।

एनआरएनए अष्ट्रेलियाको आयोजनामा सिड्नीमा भएको छलफलमा केन्द्रीय अध्यक्ष घलेले सिड्नीस्थित नेपाली समुदायसँग छलफल तथा अन्तक्र्रिया गर्नुभएको हो । त्यस अवसरमा उहाँले एनआरएन संस्थासँग जोडिएर पछिल्लो समयमा उठेका विषयहरुमा प्रष्ट पार्नुभएको थियो ।

अध्यक्ष घलेले भूकम्प प्रभावितको सहयोगको लागि गोरखाको लाप्राकमा एक हजार नमुना घरको निर्माणको तयारी अन्तिम चरणम पुगेको, एनआरएन भवन आफ्नै कार्यत्रकालमा निर्माण हुने जानकारी दिनुभयो । घलेले एनआरएन नेपालमा मात्र नभएर प्रवासका नेपालीको मुद्धाहरुमा पनि केन्द्रित भएको बताउँदै मध्यपूर्व र खाडीका विषयमा एनआरएनले थुप्रै योजना अघि सारेको बताउँनुभयो ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष कार्यबाहक अध्यक्ष दिनेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा आइसीसीका युवा संयोजक विजय पोखरेलले आसन्न विश्व युवा सम्मेलनको बारेमा जानकारी गराउँनुभएको थियो ।

नेपाल सरकार खेलकुद तथा युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा आउने अक्टोवर १ देखि ४ सम्म काठमाडौमा युवा सम्मेलन हुँदैछ । चार दिनसम्म हुने यो कार्यक्रममा अक्टोवर १ र २ मा नेपाली युवाहरुको ग्लोवल सम्मेलन र अक्टोवर ३ र ४ मा दशरथ रंगशालामा युवा महोत्सव हुनेछ ।

Comments