मेलबर्न । अष्ट्रेलियाले स्किल्ड माइग्रेसन प्रोग्राम अन्तर्गतको अंक परीक्षणमा महत्वपूर्ण परिवर्तन गरेको छ । यो परिवर्तन पछि अष्ट्रेलियाका विभिन्न इन्ष्टिच्यूटहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले महत्वपूर्ण अतिरिक्त ५ अंक पाउँनेछन् ।

यो अतिरिक्त अंक साइन्स,टेक्नोलोजी,म्याथ र इनफोरमेसन एण्ड कम्युनिकेशन टेक्नोलोजीमा पिएचडी वा मास्टर्स तहका विद्यार्थीहरुले पाउँनेछन् । अष्ट्रेलियाले यो परिवर्तित नयाँ नीति शनिवार १० सेप्टेम्वरदेखि लागू गरेको हो । नेशनल इन्नोभेसन एण्ड साइन्स एजेण्डा मातहत रहने गरि दिइने भिसामा गरिएको परिवर्तनको अंश स्वरुप यो परिवर्तन गरिएको हो । यो परिवर्तनपछि दक्ष र क्षमतावान व्यक्तिहरु अष्ट्रेलियाप्रति आकर्षित हुने अपेक्षा गरिएको छ ।

यसैगरि अष्ट्रेलिया सरकारले नयाँ उद्यमी भीसा पनि उपलब्ध गर्न शुरु गरेको छ । सरकारको विजनेश इन्नोभेसन एण्ड इन्भेष्टमेन्ट कार्यक्रमको मातहात रहने गरि इच्छुक योग्य व्यक्तिहरुले उद्यमी भीसाका लागि आवेदन दिनसक्नेछन् । यो भीसामा आवेदन दिनका लागि कम्तीमा २ लाख डलर लगानीमा कुनै उद्यम सञ्चालन गर्नसक्ने तत्परता र क्षमता राख्नुपर्नेछ । साथै कुन क्षेत्रमा कसरी लगानी गर्न लागिएको हो,त्यसबारेको योजना पनि पेश गर्नुपर्नेछ । यो भीसा प्राप्त गर्नेका लागि अष्ट्रेलियाको पीआरका लागि समेत बाटो सहज हुने बताइएको छ ।

उद्यमी भीसाका लागि निम्न योग्यताहरु हुनुपर्नेछ :

–आवेदक ५५ वर्ष नपुगेको हुनुपर्नेछ ।

–अँग्रेजीमा दक्षता हासिल भएको हुनुपर्नेछ ।

–अष्ट्रेलियाको कुनै पनि कम्पनीसँग कम्तीमा २ लाख डलर लगानी गर्न भएको सम्झौताको लिखित डकुमेन्टस् संलग्न हुनुपर्नेछ ।

–उक्त कम्पनीको कम्तीमा ३० प्रतिशत शेयर लगानी हुन आवश्यक छ ।

–केन्द्रीय वा राज्य सरकारबाट नोमिनेशन गरिएको हुनुपर्नेछ ।

यस्ता आवेदकहरुले कमनवेल्थ एजेन्सीहरु वा राज्य सरकारहरुबाट आफ्नो लगानीको सुरक्षा ग्यारेन्टी माग गर्न भने पाउँनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments