काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुईतिहाइ मत पु¥याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा ओलीले विदेशी शक्तिले त्यस्तो षड्यन्त्र गरेकाले एकताबद्ध र संगठित प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

तर, कुन शक्तिले पार्टी फुटाउने के–कस्ता योजना बनाइरहेका छन् भन्ने कुरा ओलीले स्पष्टसँग खुलाउँनुभएन ।

उहाँले एमालेबाहेक राप्रपा नेपाललगायत अरु राष्ट्रवादी शक्तिलाई समेत जसरी पनि फुटाएर संविधान संशोधनका लागि दुईतिहाइ पु¥याउने खेल भइरहेको समेत चर्चा गर्नुभयो ।

Comments