काठमाडौं । इंग्लिस प्रिमियर लिगको जारी सिजनको पहिलो म्यानचेष्टर डर्बीमा सिटीले जित हात पारेको छ । सिटीले युनाइटेडलाई दुई एकले पराजित गरेको हो ।

शनिवार युनाइटेडको खेल मैदान ओल्ड ट्रार्फडमा सिटीले युनाइटेडलाई स्तव्ध पारेको हो । सिटीले १५ औं मिनेटमा केभिन डी ब्रुयेनको गोलबाट अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा इहिनाचोले सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तमा युनाइटेडले एक गोल फर्काउदै टोलीलाई दुई एकको स्थितिमा पु¥याए । जाल्टन इब्राहिमोभिचले म्यानचेष्टर डर्बीको डेब्यू खेलमा नै सानत्वना गोल फर्काएका हुन् । खेलमा कुल तीन गोल भए र तीनओटै गोल पहिलो हाफमा नै भएका थिए ।

दोस्रो हापमा दुवै टोलीवाट राम्रा प्रयास भए पनि गोलमा परिणत हुन नसकेपछि सिटी विजयी भएको हो । निकै प्रतिष्ठाको रुपमा लिइएको खेलमा युनाइटेडकै खेलमैदानमा हराएर सिटीले जारी लिगमा महत्वपूर्ण तीन अंक थपेको छ ।

Comments

comments