एजेन्सी । विश्वका अर्बपतिहरुको सूचीमा बिल गेट्सलाई पछि पार्दै अमानिको ओर्टेगा विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन् ।

फोबर्स पत्रिकाले शनिवार सार्वजनिक गरेको नयाँ सूचीमा ओर्टेगा विश्वकै धनी व्यक्ति बन्न सफल भएका हुन् । उनी स्पेनिस खुद्रा बिक्री कम्पनी जाराका मालिक हुन् ।

स्पेनका ओर्टेगासँग ७८ विलियन अमेरिकी डलर सम्पत्ति रहेको उक्त सूचीमा उल्लेख छ । बिल गेट्स भने सूचीको दोस्रो नम्बरमा परेका छन् । उनको सम्पत्ति ७७ दशमलब ४ विलियन डलर छ । यसअघि सन् २०१५ मा विश्वकै धनी घोषित बिल गेट्सको सम्पत्ति ९० अर्ब डलर थियो ।

यस्तै अमेरिककाका निवेशक वारेन बफेट तेस्रो धनी ब्यक्ति बन्न सफल भएका छन् भने अमेजोनका संस्थापक जेफ बेजोस चौथौ स्थानमा छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्ग भने विश्वकै पाँचौ धनी व्यक्तिको सूचीमा परेका छन् ।

सूचीको छैठौ स्थानमा माइकल ब्लुमबर्ग, सातौंमा ल्यारी एलिसन र आठौंमा कार्लोस स्लिम हेलु रहेका छन् ।

Comments

comments