तनहूँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको पुर्नसंरचना कार्य अहिले नै टुंगो नलाग्ने प्रष्ट पार्नुभएको छ ।

प्रजातन्त्र स्थापना गर्न योगदान गर्ने तनहूँका प्रजातन्त्र सेनानीहरुलाई शनिवार दमौलीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पौडेलले पुर्नसंरचना कार्य जटिल भएकोले यस्का लागि समय दिएर वहस गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यथास्थितिमा निर्वाचन गराइए पनि समस्या समाधान नहुने पनि प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली आन्दोलन, क्रान्ति र संघर्षमा सहभागी भई प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान दिने जेष्ठ प्रजातन्त्र सेनानीलाई नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले सम्मान गरेको हो । ७० बर्ष भन्दा माथि उमेरका ८० जना प्रजातन्त्र सेनानीलाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कदर पत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

Comments