काठमाडौं । भारतीय नागरिकलाई जुनसुकै देश भएर नेपाल आउन भिसा चाहिँदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ ।

दुई देशबीतका विभिन्न सन्धी समझौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको छ । यी प्रावधानले चीन हुँदै भारत जानुपर्ने नेपाली मर्कामा पर्दै आएका छन् । चीन हुँदै भारत जाने नेपालीको संख्या थोरै हुने र त्यससम्बन्धी अहिलेसम्म खासै गुनासो नआएकाले भारतसँग छलफल नभएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए ।

दुई देशबीचको असामान प्रावधान समस्या भएको र त्यसलाई हटाउनु आवश्यक रहेको अध्यागमन विभागका अधिकारीहरु बताउँछन् ।

शुक्रबार समपन्न गृहसविचस्तरीय बैठकमा आतंकवाद, लागूऔषध, मानवेचविखन तथा साना हतियार कारोबारको नियन्त्रणका विषयमा छलफल भयो ।

Comments