काठमाडौं । अष्ट्रेलियामा हवाइ उडानको दौरान सामसुङको ग्यालेक्सी नोट ७ स्मार्टफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

सामसुङको ग्यालेक्सी नोट ७ स्मार्टफोन पड्केर आगो लाग्ने गरेको घटना लगातार आएपछि अष्ट्रेलियाका तीन विमानसेवा कम्पनीहरूले उडानका बखत यसको प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । यसैगरी अमेरिकी विमान कम्पनीहरूले पनि सामसङमा प्रतिबन्ध लगाउने सोच बनाएका छन् ।

अष्ट्रेलियाका क्वान्टस, जेटस्टार र भर्जिन अष्ट्रेलिया विमान कम्पनीहरूले सामसुङको प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । यो नियमपश्चात् यात्रुहरूले फ्लाइटमा ग्यालेक्सी नोट ७ लैजान त पाउँछन् तर विमानको पोर्टमा जोडेर ब्याट्री चार्ज गर्न अनि मनोरञ्जन लिन भने पाउँदैनन् ।

गत १९ अगस्तमा सार्वजनिक गरिएको यो स्मार्टफोन चार्ज गर्दा ब्याट्री पड्केका धेरै घटना समाचार बनेका थिए । त्यसपछि कम्पनीले बजारबाट सबै फोन फिर्ता मागेर नयाँ फोन दिने निर्णय गरेको छ ।

Comments