काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीमा जन्मिँदा र मर्दा २० किलो चामल दिने निर्णयले कर्णाली क्षेत्रको अपमान र यहाँका जनताको आत्मसम्मानमा चोट पुगेका भन्दै कर्णालीबासीले विरोध गरेका छन् ।

विरोधस्वरुप कर्णालीबासीको तर्फबाट प्रधानमन्त्री दाहाललाई जिल्ला प्रशासन कार्यालय कालिकोटका सिडिओ मार्फत ध्यानाकर्षण पत्र बुझाउँदै २० किलो चामल पनि फिर्ता पठाएका छन् ।    सरकारको नितिविरुद्ध प्रतिकात्मक विरोधस्वरुप २० किलो चामल फिर्ता पठाइएको अनेरास्ववियु कालिकोट जिल्ला सदस्य मायाराम चौलागाईंले बताए । उनका अनुसार चामल दिने निर्णयले कर्णालीप्रति सरकारी हेपाहा प्रवृति स्पष्ट भएको हुनाले विरोध भएको हो । उनले चामलको सट्टा कर्णालीमा एकिकृत विकासको खाँचो रहेको बताए ।

कर्णालीको मानवीय संवेदनासँग खेल्दै २० किलो चामल दिएर आफु महान बन्न प्रधानमन्त्रीले नाटक गरेको उनले बताए ।

प्रधानमन्त्री दाहालको सो निर्णको अन्य दल र नागरिक अधिकारकर्मीहरुले पनि विरोध गरेका छन् । प्रधानमन्त्री दाहालले विहिबार संसदलाई संबोधन गर्दै कर्णालीमा जन्मिँदा र मर्दा २० किलो चामल दिने योजना घोषणा गरेका थिए ।

photo : Karobar

Comments

comments