मेलबर्न । अष्ट्रेलियामा शुक्रवार शक्तिशाली भूकम्प गएको छ ।

दक्षिण पश्चिम मेक्वरी आइल्याण्डमा शुक्रवार ६.३ रेक्टर स्केलको भुकम्प गएको छ । तर, भुकम्पले कुनै नोक्सानी भने नगरेको अधिकारीहरुले बताएका छन् ।

मेक्वरी आइल्याण्डमा एउटा सानो अटार्टिक बेस रहेको छ । युएस जियोलोजिकल सर्वेले दिएको जानकारी अनुसार भुकम्प ६.३ रेक्टर स्केलको रहेको थियो ।

भुकम्पको केन्द्र मेक्वेरी आइल्याण्डबाट २९ किलोमिटर पर रहेको बताइएको छ ।

Comments

comments