काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकका रूपमा नियुक्त भएका छन् ।

आइसिसीले बिहीबार दासानायके अमेरिकन क्रिकेट टिमका प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको हो ।

श्रीलंकाका पूर्व विकेट किपर ब्याट्सम्यान दासानायके सन् २०११ देखि २०१५ सम्म नेपाल क्रिकेटका प्रशिक्षक भए ।
दासानायके नेपालकै प्रशिक्षक रहँदा नेपाल विश्व क्रिकेट लिग डिभिजन ४ बाट वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप साथै सन् २०१४ को टी(ट्वेन्टी विश्व कपसम्म पुगेको हो । दासानायके नै प्रशिक्षणमा क्यानडा सन् २०११ को विश्व कपमा पुगेको थियो ।

Comments

comments