काठमाडौं । नेपाल राष्ट्र बैकले दसैँका लागि सर्वसाधारणले आगामी असोज १६ गतेदेखि नयाँ नोट साट्न पाउने जनाएको छ ।

यसपटक दसैमा पाँच रुपैयाँको दुई प्याकेट, १० रुपैयाँको दुई प्याकेट, २० रुपैयाँको दुई प्याकेट र ५० तथा एक सय रुपैयाँका दुई प्याकेट गरेर एकजनाले ३७ हजार रुपैयाँ बराबर नयाँ नोट साट्ने पाउने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यसरी साट्न पाइँने नयाँ नोटको सीमा बढाइएको राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भने असोज ९ देखि १४ सम्म नयाँ नोट उपलब्ध गराउने छ ।

Comments

comments