मेची यातायात ब्यवसायी संघ र कोशी यातायात व्यवसायी संघले आह्वान गरेको बन्दका कारण मेची र कोशी अञ्चलको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण ताप्लेजङु,  इलाम, झापा, पाँचथर, सुनसरी, धनकुटा तेह्रथुम लगायत जिल्लामा यातायात ठप्प छ । उज्यालो यातायातले सहमति बिना बस संचालन गर्न लागेको भन्दै त्यसको बिरोधमा मेची बस व्यवसायी महासंघले गत साउन २१ गतेबाट पूर्वमा यातायात बन्द गरेको हो ।

बन्दका क्रममा झापाको बिर्तामोडमा गएराती बन्दकर्ताहरुले २ वटा बस, एउटा ट्रक र एउटा कारमा तोडफोड समेत गरेका छन ।

Comments