काठमाडौं  । अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफ्नो विशेष कार्यक्रम नेपालमा विस्तार गर्ने घोषणा गरेका छन् ।

लाओसमा आयोजित दक्षिण एशियाली राष्ट्रिय संघको शिखर सम्मेलनमा उनले नेपाल र लाओसमा आफ्नो विशेष कार्यक्रम विस्तार गर्ने घोषणा गरेका हुन् ।   अमेरिकी सरकारले सन् २०१५ मा अाफ्नाे विशेष कार्यक्रमकाे रूपमा ल्याएको ‘लेट गल्र्स लर्न’ कार्यक्रम अब नेपालमा पनि विस्तार गर्न लागिएको ओबामाले बताएका हुन् । यो कार्यक्रमले किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित विषयलाई सम्बोधन गर्छ ।

अमेरिकाकी प्रथम महिला मिशेल ओबामाले उक्त कार्यक्रम नेपालमा विस्तार गर्न लागेको पुष्टि गरेकी छिन् । उनले आफ्नो ट्वीटमा लेखेकी छिन, ‘ठूलो समाचार ! आज अमेरिकाका राष्ट्रपतिले ‘लेट गल्र्स लर्न’ कार्यक्रम लाओस र नेपालमा बिस्तार गरिने घोषणा गरेका छन् ।’

Comments

comments