काठमाडौं । नेपाल मेडिकल एशोसिएशनको आगामी नयाँ नेतृत्वको लागि चुनाब भैरहेको छ ।

भदौ १७ बाट उपत्यका बाहिर सुरु भएको चुनाब अहिले उपत्यकामा संचालन भैरहेको छ । आफ्नो पेसागत संगठनको नेतृत्व चयन गर्न पाउँदा चिकित्सकहरु उत्साहित भएका त छन् । बर्षौ देखि पेशागत संगठन भन्दा पनि पार्टीगत संगठन जस्तो भएको भन्दै मतदानमा समेत चलखेल हुने गरेको प्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् ।

आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि नेपाल मेडिकल एशोसिएशनको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिका अनुसार उपत्यका २१ भदौ देखि चुनाब भैरहेको छ यस अघि भदौ १७ र १८ गते उपत्यका बाहिरको चुनाव भइसकेको छ । नेपाल मेडिकल एसोसिएसनले मतदानमा चलखेल गरि जाली मत समेत खस्ने र चुनाबमा चलखेलको प्रयास समेत गरेको चिकित्सकहरुले बताएका छन् ।
प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले भने चुनाब मा कुनै चलखेल नभएको र सौर्हाद्र्ध र शान्तिपूर्ण बातावरणमा चुनाब भइरहेको दावी गर्नुभयो ।

प्रजातान्त्रिक समुहका अध्यक्षका उमेदवार डा मुक्ति श्रेष्ठले पनि चुनाब सदभावपूर्ण बतावरणबाट अगाडि बढिरहेको बताउनु भयो ।
महासचिबमा स्वतन्त्रका उमेद्वार डा पुष्पमणि खरालले संघ पार्टीगत संगठन जस्तो भएकोले पेशागत हक हितमा काम गर्न नसकेको बताउनु भयो ।

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह प्रतिस्पर्धामा छन्। विसं २००७ मा स्थापित सङ्घमा अहिलेसम्म प्रजातान्त्रिक प्यानलले चुनाव जित्दै आएको छ ।

Comments

comments