मेलबर्न । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा नेप्लीज एसोसियसन आफ भिक्टोरिया न्याभले विशेष बाल दिवस २०१६ हुने भएको छ ।

यही सेप्टेम्वर १८ आइतवारका दिन मेलबर्नमा हुने बाल दिवस कार्यक्रममा विभिन्न बालबालिकाहरुको ट्यालेन्ट शो मूख्य आकर्षणको रुपमा रहने छ । ट्यालेन्ट शोमा भाग लिन चाहने बाल बालिका वा तिनका अभिभावकहरुले यही सेप्टेम्वर ११ भित्र न्याभको कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ । ट्यालेन्ट शो अन्तर्गत बालबलिकाहरुले नाच,गीत,संगीत वा अन्य कुनै पनि विधामा रहेको आफ्नो ट्यालेन्ट प्रस्तुत गर्न सकिने न्याभका उपाध्यक्ष तथा बाल कार्यक्रमका संयोजक तारा गैरेले बताउँनुभयो ।

कार्यक्रम कोबर्ग टाउन हालमा हुनेछ ।

Comments

comments