काठमाडौं । काठमाडौंको बलम्बुमा प्रहरी र लुटेराबीच गोली हानाहान भएको छ । बलम्बु नजिकै बौथली चोकबाट प्रहरीले पैसा राख्ने सफसहित टाटासुमोलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई देखेपछि सेफ छोडेर भागेका चार जना लुटेरा र प्रहरीबिच गोली हानाहान भएको डिआइजी कृष्ण पंगेनीले बताउनुभयो ।

प्रहरीले काठमाडौंबाट रौतहट चल्ने ना १ ज ३९४८ नम्बरको टाटासुमो र सेफ नियन्त्रण्मा लिएको उहाँले बताउनुभयो । भागेका लुटेराको खोजी भइरहेको बताउनुभयो । सेफ कसको हो भन्ने थाहा हुन नसकेको डिआइजी पंगेनीको भनाई छ ।

Comments

comments