एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामाले पहिलो पटक एक मुसलमानलाई संघीय अदालतको न्यायाधीसमा मनोनित गरेका छन् । यद्यपि ओबामाको मनोनयनको निर्णयलाई सीनेटबाट स्वीकृति प्राप्त गर्न भने बाँकी छ ।

रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटले हाल राष्ट्रपति ओबामालाई आफूले इच्छाएको व्यक्तिलाई न्यायिक नियुक्ति गर्न प्रतिबन्ध जस्तै लगाएको छ । विदाइ हुन लागेको राष्ट्रपतिले यति हतारोका साथ कुनै पनि नियुक्ति गर्न नहुने सीनेटको तर्क छ । अमेरिकामा यही वर्षको नोभेम्वरमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । तर ओबामा पक्षधर अधिकारीहरुले भने अमेरिकी संविधानमा यस्तो कुनै समयसीमा उल्लेख नरहेको दाबी गरेका छन् ।

राष्ट्रपति ओबामाले आबिद कुरैशीलाई संघीय अदालतको न्यायाधीसमा नियुक्त गर्न सिफारिस गरेका हुन् । आबिदले आफ्नो कार्यकालमा अमेरिकी जनताको सेवा पूर्ण इमान्दारी र सत्यानिष्ठ भएर गर्नेमा राष्ट्रपति ओबामा विश्वस्त रहेको विवीसीले जनाएको छ ।

Please follow and like us:

Comments