मेलबर्न । अष्ट्रेलियामा होम लोन परामर्शमा क्रियाशील सुरेन्द्र सेढाइ अष्ट्रेलियाको प्रतिष्ठित बायर्स च्वाइस मोर्टगेज ब्रोकर्स लिष्टको उत्कृष्ट १० भित्र पर्न सफल हुनुभएको छ ।

सन् २०१७ को जुलाईका लागि सार्वजनिक उत्कृष्ट १० को सूचीमा सेढाई आठौं स्थानमा पर्न सफल हुनुभएको हो ।

अष्ट्रेलियामा एक दशक भन्दा लामो समयदेखि होम लोन परामर्शमा कार्यरत व्यक्तित्वहरुलाई यस सूचीमा समेटिने गर्दछ । सेढाई विगत लामो समयदेखि अष्ट्रेलियााको मेलबर्नमा होम लोन सम्बन्धी परामर्श सेवामा क्रियाशील प्रतिष्ठित व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।

यो सूचीमा न्यूसाउथ वेल्सका माइकल प्लाट पहिलो नम्बरमा रहेका छन् । यस्तै भिक्टोरियाका फियोना हबर र जेफ्री झाङ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

होमलोनको भोलुमको आधारमा तयार पारिएको सूचीमा सेढाइभन्दा पछि साउथ अष्ट्रेलियाका कसरा शारीफी र भिक्टोरियाकै स्वाती पालसुले रहेका छन् ।

Comments

comments