काठमाडौं । अभिनेत्री रेखा थापा अब खलनायिकाको भूमिकामा देखिने भएकी छिन् ।

आफ्ना अधिकांश फिल्ममा नायकलाई समेत पाखा लगाएर केन्द्रीय भूमिकामा देखा पर्दै आएकी रेखाले पहिलोपटक बोल्ड निर्णय गर्दै खलपात्रमा खेल्न लागेकी हुन् ।

आफ्नो निकटकी मित्र छुल्ठिम गुरूङको निर्माणमा बन्न लागेको ’डायरी’बाट रेखा पहिलोपल्ट भिलेन बन्न लागेकी हुन् । रेखाको यो कदमलाई रेखाले आफूलाई कलाकारका रूपमा परीक्षण गर्न लागेकी अर्थमा हेरिन थालेको छ ।

रेखा हाल ’हिरो रिटन्स’को शुटिङमा रहेकी छिन् । उनले यसै वर्ष निर्माण गर्ने होम प्रोडक्सन फिल्म पनि यसअघिका उनका फिल्म भन्दा भिन्न र ठूलो क्यानभासको हुने बताइएको छ ।

Comments

comments