मेलबर्न । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको क्लबका लागि अनुबन्धित भएका छन् ।

१६ वर्षीय सन्दीप द माइकल क्लर्क क्रिकेट एकेडेमीका लागि अनुबन्धित भएका हुन् । उनले द माइकलस प्रिमियर ग्रेड क्रिकेट क्लबका लागि २०१६–१७ को सिजनमा खेल्नेछन् । नेपाली क्रिकेटका उदाउँदो प्रतिभा सन्दीपलाई अष्ट्रेलियाका पूर्व राष्ट्रिय कप्तान माइकल क्लार्कको व्यक्तिगत स्पोन्सरसीपमा अष्ट्रेलियन क्लबमा अनुबन्धित गराइएको हो ।

गत मेमा हङकङमा एक खेलको दौरानमा रहेका माइकलको आँखा नेपाली प्रतिभा सन्दीपमाथि परेको थियो । उनको खेल प्रतिभाबाट द्रग परेका माइकलले अन्ततः उनलाई आफ्नो क्लबका लागि अनुबनिधत गराएका हुन् । माइकल अरु थुप्रै किशोर किशोरीलाई जस्तै सन्दीपको खेल प्रतिभालाई पनि अझ विकास गराउँन चाहन्छ,माइकलको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माइकल भन्छन्–सन्दीप क्रिकेटलाई मन पराउँने अदुभूत किशोर हुन् । उनी खेलका लागि मरिमेट्छन् । यति क्षमतावान नेपाली युवा प्रतिभालाई अष्ट्रेलिया ल्याएर उनको खेल कौशललाई परीक्षण गर्ने मौका दिन पाउँदा मलाई खुशी लागेको छ । यो उनको लागि मात्र नभई हाम्रो लागि समेत सुखद क्षण हो ।

sandeepसन्दीपले अब यही सेप्टेम्वर २६ तारिखदेखि शुरु हुने ५ दिने विशेष क्याम्पमा सहभागीता जनाउँनेछन् । यसको जानकारी दिदै माइकल भन्छन्–म अरु किशोर किशोरीहरुसँगै सन्दीपसँग ५ दिने प्रत्यक्ष क्याम्पमा रहन पाउँदा उत्साहित छु ।

सन्दीपलाई अष्ट्रेलियाको वेष्टर्न सवर्वस् क्षेत्रमा रहेको नेपालीहरुसँगै बस्ने व्यवस्था मिलाइएको बताइएको छ । नेपाली समुदायले नेपाली प्रतिभा सन्दीपलाई सिड्नीमा बसेर आउँदो सिजनका लागि तयारी गर्न मद्दत गर्ने माइकल क्लर्कले विश्वास लिएका छन् ।

सेप्टेम्वर २४ मा एलान बोर्डर ओभलको मैदानमा मोसम्यानसँग हुने सिजनको पहिलो प्रतिस्पर्धामा पहिलोपटक माइकल र सन्दीप सँगै मैदानमा उत्रनेछन् ।

Comments

comments