एजेन्सी । विश्व कप छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिना घरेलु टोली भेनेजुएलासँग २–२ को बराबरीमा रोकिएको हो । मेस्सी चोटका कारण खेल्न नसकेका हुन् ।

३४ औं मिनेटमा जुएनपीले गोल गर्दै भेनेजुएलालाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको भेनेजुएलाका जोसेफ मार्टिनेजले ५२ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ५८ औं मिनेटमा लुकास प्राटोले अर्जेन्टिनाका लागि एक गोल फर्काए ।

८३ औं मिनेटमा निकोलस ओमेन्डीले गोल गर्दै टिमलाई हारबाट जोए । तर अर्जे्न्टिनाले दक्षिणी अमेरिकी छनौटको शीर्ष स्थानमा उक्लने मौका भने गुमाएको छ ।

भेनेजुएलालाई हराएको भए अर्जेन्टिना उरुग्वेलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने थियो । अहिलेसम्म खेलका ८ खेलमा चारमा जित, तीनमा बराबरी र एकमा पराजित भएको अर्जेन्टिना १५ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको उरुग्वेको १६ अंक छ । दुई अंक जोडेको भेनेजुएला भने पुछारमा छ ।

Comments

comments