काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कसैको स्वार्थ र आग्रह सम्बोधन गर्न संविधान संशोधन हुन नसक्ने बताउँनुभएको छ ।

दशदिने थाइल्यान्ड भ्रमणपछि सोमबार स्वदेश फर्किनुभएका निवर्तमान प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कुनै औचित्यविना संविधान संशोधन असम्भव रहेको बताउँनुभयो । कसैको दबाब र बहकाउमा देशको अहित हुने गरी, लोकतन्त्रलाई अप्ठ्यारो पार्ने गरी कसैको स्वार्थ र आग्रह सम्बोधनका लागि संविधान संशोधन नहुने उहाँको अडान थियो । लहडबाजी, जिद्दी वा आग्रह पूरा गर्न होइन, देशको आवश्यकता र अग्रगमन, देशको इज्जत र प्रतिष्ठा माथि उठाउनका लागि मात्रै संशोधन हुने उहाँले प्रष्ट पार्नुभयो ।

सरकारले संघीय गठबन्धनको माग सम्बोधनका लागि संविधान संशोधनको गृहकार्य बढाइरहेका वेला ओलीको यस्तो धारणा आएको हो। ओलीले संविधान संशोधनको ठोस प्रस्ताव आएपछि मात्रै एमालेले धारणा बनाउने स्पष्ट पार्नुभयो ।

संशोधनको माग गर्नेहरूले नै एमालेसँग कुनै औपचारिक प्रस्ताव नराखेको र सरकारले पनि कुन–कुन बुँदामा केका लागि संशोधन भन्ने स्पष्ट नराखेको भन्दै उनले यसबारे औपचारिक धारणा बनाइनसकेको स्पष्ट पार्नुभयो ।

Please follow and like us:

Comments