काठमाडौं । ४७ वर्षअघि चन्द्रमामा पाइला टेकेका जीवित अन्तरिक्षयात्री ८७ वर्षीय बज अल्ड्रिन सोमबार काठमाडौं आउँदै छन् ।

उनले मंगलबार सुनसरीको अमाहीबेल्हा सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरको अवलोकन गर्दै छन् । अल्ड्रिन नेतृत्वको ६ सदस्यीय टोली पाँच दिन रहने छ ।

मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्ड्रिन, नासाका अध्यक्ष एलिजाबेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङ पनि छन्।

अल्ड्रिनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्र्रियामा आफ्ना अनुभव राख्नेछन्। एभरेस्ट साइन्स सेन्टरका अध्यक्ष दिलीप अधिकारीका अनुसार २४ भदौ साँझ अल्ड्रिनको टोली अमेरिका फर्कनेछ।

अन्तरिक्षयात्रीहरूको अनुभव सुनाउन करिब पाँच हजार जनालाई साइन्स सेन्टरमा प्रबन्ध मिलाइएको अध्यक्ष अधिकारीले बताए।

Comments