नारायणगढ । मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार बिहान ६:३० बजे ठूलो पहिरो खस्दा सडक छेउमा रहेको गोरे गुरुङ र कमल गुरुङको घरमा समेत सामान्य क्षति पुगेको छ।

सडक बन्द भएपछि दुबैतर्फ सवारीसाधनको लाम लागेको छ।

Comments

comments